कैलालीको बर्दगोरीया गाउँपालिकामा शाखा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले बिमा रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमको आयोजना गरी तिन ठाउँमा आफ्ना ग्राहक सदस्य तथा अभिभावकलाई बिमा बाफतको हस्तान्तरण गरेको हो । समूहमा आबद्ध भई कारोबार गर्ने सदस्यहरूको मृत्यु पश्चात् मृतकको परिवारलाई बिमाबापतको रकम बौनिया शाखाका कार्यालय प्रमुख हरि कुमार बोहराले हस्तान्तरण गरेका थिए । दुधा अधिकारीको परिवारलाई २ लाख २७ हजार ५ सय, धनोदा न्यौपानेको परिवारलाई २ लाख ३५ हजार र फुलियादेवी डगौराको परिवारलाई १ लाख ५० हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । तिन ठाउँ गरी करिब ६ लाख १२ हजार ५ सय रुपैयाँ रकम हस्तान्तरण गरिएको बौनिया शाखाका कार्यालय प्रमुख हरि कुमार बोहराले बताए । बिमा रकम हस्तान्तरण कार्यक्रममा बर्दगोरीया गाउँपालिका वडा नम्बर १ कि वडा सदस्य सरस्वती वि.क, बौनिया शाखाका कार्यालय प्रमुख हरि कुमार बोहरा, कार्यालयका वरिष्ठ सहायक सङ्गीता साउँद लगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका कर्मचारी जमुना चौलागाई र रोशन कोइरालाले गरेका थिए ।




