
आइतबारदेखि भारतमा सुरु हुन् लागेको फ्रेन्डशिप कपमा आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले गुजरातको सामना गर्दै छ । खेल दिउँसो सवा एक बजे सुरु हुने छ ।


उक्त कप त्रिकोणात्मक सिरिजमा नेपालसहित भारतका गुजरात र बरोडसम्मिलित छन् । टी २० विश्वकप क्रिकेटको तयारीका लागि विभिन्न सिरिज खेली रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली फ्रेन्डशिप कप खेल्न भारत पुगेको हो ।
यस्तै नेपालले दोस्रो खेल मङ्गलबार बरोडासँग खेल्ने छ। चैत २१ मा फेरि नेपाल र गुजरात तथा चैत २३ मा नेपाल र बरोडाबीच खेल हुने तालिका रहेको छ । फाइनल खेल चैत २५ गते हुनेछ ।

नेपाल क्रिकेट सङ्घ क्यानले भारतमा खेल्ने फ्रेन्डशिप कपका लागि नियमित कप्तान रोहितकुमार पौडेलको कप्तानीमा टोली घोषणा गरेको थियो । जसमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख (विकेट किपर), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिलकुमार शाह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अविनाश बोहरा र आकाश चन्द रहेका छन् ।


