

कैलालीमा एक पुर्व मेयर बहुविवाहको आरोपमा निलम्बित भएका छन । जिल्लाको भजनी नगरपालिकाका पुर्व मेयर शेर बहादुर चौधरीलाई माओवादी केन्द्रले पार्टीबाट निलम्बित गरेको हो चौधरी २०७४ सालको स्थानिय तहको निर्वाचनमा भजनी नगरपालिकामा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनी निर्वाचित भएका भएका थिए।। माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य समेत रहेका चौधरीलाई पार्टीले ६ महिनाका लागी निलम्बन गरेको छ। चौधरीले केही समयअघि बहुविवाह गरेको पाइएको छ।उनले ‘साँस्कृतिकजन्य कमजोरी गरेको र उनलाई सोधपुछ गर्दा बहुविवाह गरेको स्वीकार गरेकोले प्रदेश समितिको सिफारिसमा ६ महिनाको लागि पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरिएको निर्णय छ। माओवादीले मातहतका कमिटीमा पठाएको सर्कुलरमा भनिएको छ। चौधरी विरुद्ध पार्टीमा उजुरी परेपछि उनको कमजोरी पुष्टि भएसँगै उनलाई केन्द्रीय कार्यालयको बैठकबाट निलम्बन माओवादी स्रोतले जानकारी दिएको छ ।

