कैलालीको धनगढीमा खेतबारीको टहराबाट प्रहरीले जुवा खेली रहेको अवस्थामा ४ जना जुवाडे पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीमा खेतबारीको टहरा भित्र जुवातास खेली रहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ३५ वर्षीय अबनिश सिंहसहित चार जना जुवाडे पक्राउ गरेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले बुधवार उनीको साथबाट नगद १९ हजार ३ सय २५ रुपैयाँसँगै २ गड्डी तास र २ ओटा मोटरसाईकल समेत नियन्त्रणमा लिएको हो ।


प्रकाशित :- २०८१ फाल्गुन ८, गते बिहीबार

