
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो बाटो तर्फ लागेको छ ।


नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार विहीबार परिसूचक ३२ दशमलव ८१ अङ्कले ओरालो लागेर २ हजार ४ सय ८६ दशमलव ७६ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव ३४ अङ्कले ओरालो लागेर ७ सय, ४७ दशमलव ४५ मा सीमित भएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । कुल १ करोड ३६ लाख ९१ हजार ५ सय ९६ कित्ता शेयर ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७ सय २० मूल्यमा खरिद बिक्री भएको छ ।




