कैलालीको घोडाघोडी नगरपालिका–७ मा आमा र छोरी रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
इलाका प्रहरी कार्यालय सुखडका अनुसार साउन २९ गतेदेखि बेपत्ता भएका उनीहरू ३१ गते दिउँसो नजिकैको गौरीशंकर सामुदायिक वनमा मृत अवस्थामा भेटिएका हुन् ।
मृत भेटिनेमा २१ वर्षीया आरती डंगौरा र उनकी १० महिनाकी छोरी अनुजा टगौरा रहेको इलाका प्रहरी कार्यालय सुखडका डीएसपी रमेश दत्त अवस्थीले जानकारी दिए।
शवलाई पोष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको समेत प्रहरीको भनाइ छ।
प्रकाशित :- २०८२ भाद्र १, आईतवार १३:३९


