
बझाङमा खुकुरी प्रहारबाट एक जनाको ज्यान गएको छ।जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ का ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी आफ्नै दाइ करिब ६० वर्षीय जैलु मण्डेलको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार शुक्रबार साँझ साढे ७ बजेतिर जैलुको हत्या गरी बिजुली फरार भएका हुन्। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित :- २०८० आश्विन ६, गते शनिबार