कैलालीको घोडाघोडी नगरपालिका ५ सेउकलियाको जंगलमा एक जनाको शव फेला परेको छ । कान्द्रा नदि देखि १ सय ५० मिटर पश्चिम जंगलमा आईतवार साझ शव फेला परेको प्रहरी ईलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ । शव सडिसकेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दिर्घ साउँदले जानकारी दिएका छन ।
साउँदका अनुसार अस्थिपञ्जर मात्रै रहि पहिचान हुन नसक्ने अवस्थामा रहेको शव जनप्रतिनिध लगायतको रोहवरमा गाडिएको छ । शवको पचिानका लागि आवश्यक सामाग्रिहरु सम्बन्धित निकायमा पठाई घटना बारे अनुसन्धान भईरहेको प्रहरी निरीक्षक साउँदले जानकारी दिए ।



