
कञ्चनपुरकी पत्रकार ऐश्वर्या कुँवरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
शनिवार बिहान पत्रकार पुष्कर भट्टलाई नियन्त्रणमा लिएको प्रहरीले दिउँसो कुँवरलाई पक्राउ गरेको हो ।
उनलाई पनि भट्ट जस्तै विद्युतीय अपराधको अभियोगमा समातिएको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला अदालत कञ्चनपुरको अनुमति पछि दुवै जनालाई पक्राउ गरिएको जनाइएको छ।


प्रकाशित :- २०८० माघ २७, गते शनिबार