![bardagoriya mela](https://nirvikpost.com/wp-content/uploads/2025/01/bardagoriya.jpg)
कैलालीको बर्दगोरयामा रहेको सशस्त्र प्रहरी बेस क्याम्पको नेतृत्व फेरिएको छ । बेस क्याम्पको नेतृत्व सम्हालिरहेका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) लिली बहादुर चन्दको दार्चुला सरुवा भएको छ ।
उनको ठाउँमा नेतृत्व सम्हाल्न सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सत्यराम पुरी आएका छन् । उनी राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्था काठमाण्डौबाट आएका हुन ।
शुक्रवार एक कार्यक्रमका बिच बर्दगोरिया गाउँ सरकारले सशस्त्र प्रहरी नायब उपरीक्षक चन्दको बिदाइ तथा पुरीको स्वागत गरेको छ । आफ्नो कार्यकाल भरी शान्ति सुरक्षाका लागी समग्र बर्दगोरिया गाउँवासीको सहयोग महत्त्वपूर्ण भएको डिएसपी चन्दले बताए । यस्तै डिएसपी पुरीले गाउँ सरकार, राजनीतिक दल, आम सरोकारवालाहरूको साथ र सहयोगको अपेक्षा गरेका छन् ।
डिएसपी चन्दले आफ्नो कार्यकाल भरी शान्ति र सुरक्षाका लागी महत्त्वपूर्ण काम गरेको भन्दै गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले नव आगन्तुक डिएसपी पुरीबाट पनि सोही अपेक्षा गरेको र आफू सधैँ सहयोगका लागी तयार रहेको बताए ।
![Lamkichuha](https://nirvikpost.com/wp-content/uploads/2025/01/IMG-20250103-WA0000.jpg)
![CS hospital](https://nirvikpost.com/wp-content/uploads/2024/09/cs.jpg)
![janaki ga.pa.](https://nirvikpost.com/wp-content/uploads/2025/01/janaki-gaupalika.jpg)
![sugurkhal mela buking](https://nirvikpost.com/wp-content/uploads/2025/01/sugurkhal.jpg)
प्रकाशित :- २०८० पुष ७, गते शनिबार
![magi mela sugurkhal](https://nirvikpost.com/wp-content/uploads/2025/01/magi-mela.jpg)