प्रथम अनेरास्ववियु खसिकप-२०८० को उपाधि गौरीगङ्गा एफसी प्लस टुले प्राप्त गरेको छ । अनेरास्ववियु घोडाघोडी बहुमुखी क्याम्पस इकाईले आयोजना गरेको प्रथम अनेरास्ववियु खसिकप फुटबल प्रतियोगिताको फाइनल खेलमा घोडाघोडी बहुमुखी क्याम्पस रेडलाई १का विरुद्ध २ गोल गर्दै गौरीगङ्गा एफसीले उपाधि हात पारेको हो ।
प्रतियोगितामा विजेता गौरीगङ्गा एफसीले खसी प्राप्त गरेको छ । कार्यक्रमका प्रमुख अतिथि कपिल सापकोटाले विजेता टिमलाई खसी वितरण गरेका थिए।
प्रतियोगिता पुस ६गते देखी घोडाघोडी बहुमुखी क्याम्पसमा सञ्चालन भएको थियो। प्रतियोगितामा घोडाघोडी बहुमुखी क्याम्पसमा कक्षा ११ देखि स्नातक तहसम्ममा अध्ययनरत विधार्थीहरुबाट १३ टिम सहभागी थिए ।
अनेरास्ववियु घोडाघोडी क्याम्पस इकाई कमिटीका अध्यक्ष विनोद धमलाको सभापतित्वमा भएको प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु कैलाली जिल्ला सह संयोजक कपिल सापकोटा रहेका थिए। कार्यक्रमको विशिष्ट अतिथि नेकपा एमाले नगर कमिटी अध्यक्ष बक्त बहादुर शाही रहेका थिए। विशिष्ट अतिथिमै घोडाघोडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख चेतराज बिनाडी र पुष्पराज जोशी रहेका थिए।
अतिथिहरूमा घोडाघोडी बहुमुखी क्याम्पस स्ववियु सभापति प्रेम बोगटी (सहकारी) स्ववियु सचिव हुकुम आचार्य,राष्ट्रिय युवा संघ नेपाल घोडाघोडी नगर कमिटी अध्यक्ष होम तामाङ,क्याम्पस का प्राध्यापकहरू, नेबिसंघ घोडाघोडी बहुमुखी क्याम्पसका नेता विकास भट्टराई रहेका थिए। कार्यक्रममा क्याम्पसमा अध्ययनरत विध्यार्थीहरुको भव्य उपस्थिति रहेको अनेरास्ववियु घोडाघोडी इकाई कमिटीले जानकारी दिएको छ ।