सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना सेती राजमार्ग अन्तर्गत कैलालीको बौनियाँ–टिकापुर सडक खण्डको काम सुरु गरिएको छ । बौनियाँ बजारबाट साढे ४ किलोमिटर दक्षिणतर्फ कङ्क्रिट वाल, सडक नाली तथा सडक भरानको काम शुक्रबाट सुरु गरिएको हो ।

६ करोड १५ लाख लागतमा चालु आर्थिक वर्षको असार मसान्त भित्र सम्पन्न गर्ने गरी पृथ्वी महानिगलाशैनी र पृथ्वी एच बि जेभिले कामको जिम्मा पाएको छ । जस अन्तर्गत करिब एक हजार एक सय मिटर पक्की नाला, सडकको दुवै पट्टी करिब दुई हजार मिटर कङ्क्रिट वाल र १६ मिटर चौडाइको साढे चार किलोमिटर सडक भरानको काम हुनेछ ।
कामको शुभारम्भ गर्दै बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले सम्झौता अवधि भित्रै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन् । उनले भने ।

कामको शुभारम्भ कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी, निर्माण व्यवसायी शिवराज सापकोटा, रवि शाही लगायत अन्य जनप्रतिनिधि समेत सहभागी थिए । यही सडक अन्तर्गत दुर्गौली–प्रतापपुर १० किलोमिटर सडक खण्ड कालोपत्रेको काम चलिरहेको छ भने कैलाली खण्डको मोहन्याल गाउँपालिका क्षेत्रमा करिब ३ किलोमिटर सडक मात्रै ट्र्याक खोल्न बाँकी छ । यो ट्र्याक खुलेमा टिकापुर खिमडी ९ठुलीगाड० को सिधा यातायात सम्पर्क जोडिने छ ।

