काठमाण्डौ : पानीको बहाव उच्च रूपमा बढेपछि सप्तकोशी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन् ।
आज बिहान ३ लाख ४२ हजार ६५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको छ। यो मापन यस वर्षको अहिले सम्मकै उच्च रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। नदीले ६ मिटर जल सतह पार गरेको छ।
जल सतह खतराको नजिक पुगेसँगै उदयपुर, सुनसरी सप्तरीमा कटान हुन सक्ने र ती क्षेत्रमा डुबान हुने भएकाले उच्च सतर्कता अपनाउन सूचना जारी गरिएको छ। पहाडी क्षेत्रमा वर्षा भएसँगै कोशी नदीमा पानीको बहाव उच्च हुँदै गएको हो।
प्रकाशित :- २०८१ असार २३, गते आईतवार