माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट खटराज भट्ट हटाइएका छन् । माओवादी बहुमत प्रदेश सभा सदस्यहरूले भट्टलाई हटाएका हुन । नयाँ संसदीय दलको नेतामा मानबहादुर धामी चयन भएको उपनेता अक्कर रावलले जानकारी दिए । धामी यस अघि प्रमुख सचेतक रहेका थिए । सभामुख सहित ११ जना प्रदेश सभा सदस्यहरू मध्ये ६ जनाले यस्तो निर्णय गरेका हुन् । संसदीय दलको नेता फेरिएको सूचना प्रदेश सभा सचिवालयमा बुझाइएको पनि रावलले जानकारी दिए ।
प्रकाशित :- २०८० माघ १२, गते शुक्रबार