२०८१ को श्रावण देखी माघ मसान्त सम्म (७ महिनामा) कैलालीमा ८ सय ८१ जना उमेर नपुगेका (२० वर्ष मुनिका) महिला सुत्केरी भएको पाइएको छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार उमेर नपुगी सुत्केरी हुनेमा जिल्लाको टिकापुर नगरपालिकामा सबैभन्दा बढी ९५ जना छन् भने सबै भन्दा कम जानकी गाउँपालिकामा १५ जना छन् ।

यस्तै २० वर्ष नपुगी सुत्केरी हुनेमा गौरीगङ्गा नगरपालिकामा र घोडाघोडी नगरपालिकामा क्रमशः ८३/८३ जना, भजनी नगरपालिकामा ५९ जना, कैलारी गाउँपालिकामा ३८ जना, मोहन्याल गाउँपालिकामा ३५ जना, गोदावरी नगरपालिकामा ३२ जना, चुरे गाउँपालिकामा २९ जना छन् भने बर्दगोरिया गाउँपालिकामा २५ जना छन् । यस्तै जोशीपुर गाउँपालिकामा २१ जना, लम्कीचुहा नगरपालिकामा १७ जना र धनगढी उपमहानगर पालिकामा ४४ जना कम उमेरमा सुत्केरी भएका छन् । धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा मात्रै पालिकाका नखुलेका ३ सय ५ जना सुत्केरी भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
३५ जना घरमै सुत्केरी
स्वास्थ्य कार्यालय कैलालीका अनुसार यो अवधिमा ३५ जना महिला घरमै सुत्केरी भएका छन् । घरमा सुत्केरी हुनेमा सबैभन्दा बढी चुरे गाउँपालिकामा १४ जना छन् । यस्तै मोहन्याल गाउँपालिकामा ६ जना, धनगढी उपमहानगरपालिकामा ५ जना, गौरीगङ्गा नगरपालिका र घोडाघोडी नगरपालिकामा क्रमशः ३/३ जना र गोदावरी नगरपालिकामा २ जना रहेका छन् ।


