कैलालीको घोडाघोडी नगरपालिका वडा ४ को कार्यालय दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउन लागि परेको छ । सामुदायिक विद्यालयमा सञ्चालित उक्त कार्यक्रमको प्रभावकारिता सँगै सहजताका लागी शुक्रवार वडा भित्रका ७ वटा विद्यालयलाई खाजा तयार पार्ने भाँडा वितरण गरेको छ ।
हामीले साढे ३ लाख बराबरका भाँडाहरू वितरण गरेका छौ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष भरतबहादुर शाहीले भने,… “यो कार्यक्रमलाई प्रभावकारी बनाउन हामी निरन्तर लागी परेका छौ । अपुग भएको विद्यालयमा थप सामाग्रीहरू पनि दिन्छौ । मापदण्ड अनुसार बालबालिकाले खाजा पाएका छन् की छैनन् । त्यसको पनि नियमित अनुगमन गरिरहेका छौ । यो कार्यक्रमले बालबालिकाहरूलाई विद्यालयमा आकर्षित हुने क्रम बढाएको छ ।”
वडाको सहयोग र नियमित अनुगमनले विद्यालयमा बालबालिकाको आकर्षण बढाउन सरकारले लागु गरेको दिवा खाजा कार्यक्रम समेत प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
प्रकाशित :- २०८० आश्विन १९, गते शुक्रबार