काठमाण्डौ : बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ। विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीका अनुसार जहाजमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको हो।
मृतक सबैको शव शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।
मृत्यु हुनेमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मञ्जुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही, आरिफ रेडा, को पाइलट एस कटुवाल रहेका छन्।
चालक मनिष शाक्यको भने सकुशल उद्धार गरिएको छ। उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ।
उनको अवस्था बोल्न सक्ने रहेको छ भने आँखामा चोट लागेको छ।


