पालिकाको सबै भन्दा विकट वडाबाट विकासको थालनी गरेको कैलालीको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बताएका छन् । शनिवार वडा नम्बर ३ मा रहेको जगदम्भिके भगवती माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

“हामीले सबैभन्दा विकट देखिएका र बढी समस्या भएका वडाबाट विकासको थालनी गरेका छौ । वडा नम्बर ३ सबै भन्दा विकट थियो तर अब यहाँका नागरिकले विगत जस्तो समस्या भोग्नु पर्दैन । माथिबाट बजेट ढिला आउने भएपछि हामीले पालिकाकै बजेट परिचालन गरी झोलुङ्गे पुल निर्माण गरेका थियौ । १० करोडको खानेपानी योजना यसै वडामा कार्यान्वयनको चरणमा छ । यसै विद्यालयको भवन निर्माणका लागी पहल जारी छ । मैले भन्न खोजेको जहाँ जहाँ ठुला समस्या छन् त्यही हाम्रो ध्यान छ ।” उनले भने ।
उनले पालिकामा कक्षा १० सम्म निःशुल्क शिक्षा, क्याम्पस सञ्चालन, दोदोधरा अस्पतालमा ४ जना एमबिबिएस र एक जना एमडिजिपी सहित स्वास्थ्य सेवा प्रवाह, सडकको स्तर सुधार अभियान लगायतका विषयमा समेत चर्चा गरे । वडा नम्बर ३ मा नै सामुदायिक वन सँगको समन्वयमा बृहत् बगिया ९पार्क० निर्माण गर्ने योजनामा आफूहरू रहेको समेत उनले बताए ।



