कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको घोडाघोडी अस्पताल प्रा.लि र एनएमबी बैंक लिमिटेड बिच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
दुई पक्ष बिच भएको सम्झौता अनुसार घोडाघोडी अस्पताल प्रालीले एनएमबी बैंकका कर्मचारी तथा बैंकमा खाता भएका व्यक्तिहरूलाई विभिन्न शीर्षकमा छुट दिने भएको छ ।
सहमति अनुसार अस्पतालले उल्लेखित व्यक्तिहरूलाई OT Charges, OPD Charges, OPD Lab investigation, IPD Lab investigationD, IP Radiology Investigation, UCU/NICU Charges, General Bed charge सेवामा १० प्रतिशत छुट दिने उल्लेख गरिएको छ ।
उक्त छुट पाउनको लागि सेवाग्राहीले एनएमबी बैंकको मोबाइल एप्स,क्रेडिट कार्ड,तथा डेविड कार्डबाट भुक्तानी गर्नुपर्ने छ ।
शुक्रवार सम्झौतामा घोडाघोडी अस्पतालका तर्फबाट अध्यक्ष चिरन जोशी र एनएमबी बैंकका तर्फबाट सुखड शाखा प्रमुख रमेश प्रसाद भाटले सहमति पत्रमाहस्ताक्षर गरेका छन् ।