कैलालीको बर्दगाेरिया गाउँपालिका वडा नम्बर १ ले सार्वजनिक जग्गा खालि गर्न सूचना प्रकाशित गरेको छ । बाैनिया बजारमा सार्वजनिक शौचालय निर्माणको योजना अघि बढाउने प्रयोजनका लागि सार्वजनिक जग्गामा बनेका संरचना हटाउन पालिकाले बुधवार सार्वजनिक सूचना जारी गरेको छ ।
बाैनिया बजारमा रहेको शिव मन्दिर सँग जोडिएका पुराना सार्वजनिक शौचालय वरपर सार्वजनिक जग्गामा भएका घर, पसल एवम् समानहरू १५ दिन भित्र हटाइ जग्गा खालि गरि सहयोग गरिदिन हुन सूचना मार्फत जानकारी गराइन्छ । सूचनामा भनिएको छ ।
उक्त ठाउँमा बर्दगाेेरिया गाउँपालिका खानेपानी क्षेत्रगत सुशासन कार्यक्रम अन्तर्गत आधुनिक सार्वजनिक शौचालय भवन निर्माण गर्ने भएको छ । अहिलेको शौचालय अव्यवस्थित र पायक पर्ने ठाउँमा नहुँदा यात्रुहरू समस्यामा पर्दै आएका छन् ।
प्रकाशित :- २०८० पुष २५, गते बुधबार