मङ्गलवार देखी बौनियामा सुरु भएको बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवमा आज शनिबार गायक चक्र बम आउने भएका छन् ।

‘कृषि व्यापार,संस्कृति र बर्दगोरिया पर्यटकीय धामको विकास निर्माणाधीन सेती लाकमार्गको निकास’ मूल नाराका साथ सुरु भएको महोत्सवको सांगितिक कार्यक्रमको चौथौँ दिन आज गायक बम आउने आयोजकले जनकारी दिएको छ । यस्तै मोडल सुशीला कार्की र उद्घोषितका कल्पना कुसुमको समेत प्रस्तुति रहने प्रचार प्रसार संयोजक पदम राज ओझाले जानकारी दिए ।
महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुने आयोजक बौनिया बजार समितिका अध्यक्ष देवराज सिंह स्वारले जानकारी दिए ।



