
दैलेखमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

दैलेखको दुल्लुमा बिहीबार विभिन्न ५२ वटा समूहबाट ५२ जना समूह अध्यक्षहरूको उपस्थितिमा गोष्ठी सम्पन्न भएको हो ।
राधिका कुमारी शर्माको सभापतित्वमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि वित्तीय संस्थाका कोहलपुर अनुगमन स्टेसनका अनुगमन अधिकृत प्रकाश घिमिरे रहेका थिए।
प्रमुख अतिथिको आसनबाट बोल्दै अधिकृत घिमिरेले संस्थाको संरचना,दृष्टिकोण,प्रगति,सञ्चालन प्रक्रिया,संस्थाले प्रदान गरेको सेवा सुविधा कर्जा,बचत,विमा, मोबाइल बैंकिङ,मिस्कल बैंकिङ सेवा साथै कर्जा को सही सदुपयोगिता गर्दा हुने फाइदा, कर्जा को दुरुपयोग गर्दा हुने सम्भावित समस्या र कर्जा सूचना केन्द्र र कालो सूचिको साथै वित्तीय अनुशासनको बारेमा जानकारी गराउँदै पछिल्लो समय भई रहेको केही व्यक्तिले बैक बाट लिएको कर्जा मिनाह गर्दिन्छु भन्ने हल्ला या सोही व्यक्तिको पछि नलाग्न समेत अनुरोध गरेका छन्। यस्तै घिमिरेले तपाईँले लिएको कर्जा अन्य कुनै व्यक्तिको बचत हो भन्ने विषयमा समेत वित्तीय साक्षरता सम्बन्धी गोष्ठीमा प्रशिक्षण गरेका थिए।
इन्फिनिटीका दुल्लु शाखाका दुर्गा देवकोटा (धमाला) ले स्वागत मन्तव्य सँगै शाखाको प्रगति विवरण प्रस्तुत गरेकी थिइन्।।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवीहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन इन्फिनिटीका बड्डिचौर शाखा प्रमुख लक्ष्मी प्रसाद देवकोटाले गरेका थिए।