कैलालीको बर्दगोरिया गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को माघ मसान्त सम्म कुल बजेटको २९ दशमलव ७९ प्रतिशत खर्च गरेको छ । गाउँपालिकाले सोमबार १३ औँ गाउँ सभाको आयोजना गरी बजेट कार्यान्वयनको अवस्थाबारे जानकारी दिएको हो ।
पालिकाको कुल बजेट ५८ करोड ८ लाख ७९ हजार ५ सय २० रुपैयाँ मध्ये माघ मसान्त सम्म २२ करोड ५१ लाख २५ हजार ४ सय ६० रुपैयाँ खर्च भएको छ । आर्थिक विकास तर्फ १ करोड ९२ लाख ५८ हजार विनियोजन गरेकोमा ३७ लाख ५५ हजार १ सय ३८ रुपैयाँ खर्च भएको छ । जुन १९ दशमलव ५ प्रतिशत हो । यस्तै पालिकाले सामाजिक विकास तर्फ विनियोजित बजेट मध्ये २६ प्रतिशत खर्च गरेको छ । यसका लागी २८ करोड ५ लाख ३६ हजार विनियोजन भएकोमा ७ करोड २९ लाख ४७ हजार १ सय १६ रुपैयाँ खर्च भएको छ ।
पूर्वाधार विकास तर्फ ११ करोड ३३ लाख ६५ हजार ५ सय २० रुपैयाँ विनियोजन गरेको पालिकाले २ करोड ४७ लाख ६ हजार ७ सय १६ रुपैयाँ अर्थात् २१ दशमलव ७९ प्रतिशत खर्च गरेको छ । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ६५ लाख विनियोजन भएकोमा २९ दशमलव ९४ प्रतिशत अर्थात् १९ लाख ४५ हजार ७ सय ९३ रुपैयाँ खर्च गरिएको छ । यता कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ विनियोजित १६ करोड १२ लाख २० हजार मध्ये ६ करोड ९७ लाख २६ हजार १ सय ७४ अर्थात् ४३ दशमलव २५ प्रतिशत रकम खर्च भएको छ ।
प्रकाशित :- २०८० माघ २९, गते सोमबार