
कैलालीको भजनीमा करेन्ट लागेर एक जना महिला घाइते भएकी छिन् ।


भजनी नगरपालिका–६ बसाह की ३५ वर्षीय अनिता डगौरा घाइते भएकी प्रहरीले जनाएको छ । उनी आफ्नै घरमा झाडु लगाउने क्रममा स्टेन पंङ्खाबाट बुधवार करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
हाल उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।





प्रकाशित :- २०८१ भाद्र १३, गते बिहीबार