सुखड: टी-२० विश्वकप अन्तर्गतको पहिलो औपचारिक वार्मअप खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । अमेरिकाको डलासमा गएराति सम्पन्न भएको खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको हो ।

क्यानडाले दिएको १ सय ८४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलामा सबै विकेट गुमाएर मात्र १ सय २० रनमा समेटिन पुग्यो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन जोडे ।त्यस्तै अनिलकुमार शाहले २४, आसिफ शेखले २२ र कुशल भुर्तेलले १० रन जोड्न बाहेक खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपालको पारीलाई सस्तैमा ध्वस्त गर्न बलिङ तर्फ क्यानडाका डिलन हेलिगर सर्वाधिक ४ विकेट लिए । जेरेमी गोर्डन र साद विन जफरले समान २ विकेट हात पार्दा परगट सिंह र कलिम सानाले १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८३ रनकाे विशाल आँकडा तयार गर्यो । जसमा क्यानडाका निकोशल किर्तनले सर्वाधिक ५१ रनकाे अर्धशतकीय पारी खेले । त्यस्तै रविन्द्रपाल सिंह ४१ रनमा अविजित रहँदा ओपनर नवनीत धालिवाल ३२ रनमा पेभिलियन फर्किएका थिए ।
बलिङ तर्फ नेपालका अविनाश बोहराले २, सागर ढकाल, करण केसी, गुल्सन झा, सोमपाल कामी र ललित राजवंशीले समान १ विकेट लिएका थिए ।
नेपालले दोस्रो वार्मअप खेल मे ३० मा अमेरिकासँग खेल्ने समय तालिका रहेको छ ।



