
अछामको पञ्चदेवल नगरपालिका वडा नं ९ कालेकाँडा र दैलेखको आठवीस नगरपालिका वडा नं ४ खिड्कीजिउला जोड्ने पुल चुँडिएपछि आवतजावत अवरुद्ध भएको छ। आज (आइतबार) पुल चुँडिएकोमा आवतजावत अवरुद्ध भएको हो।


प्रहरीका अनुसार पुलको लठ्ठा चुँडिएपछि ढुवानीको सामान बोकेका १५ वटा खच्चर पुलमा च्यापिएका छन् भने आवत जावत पनि पूर्ण रुपमा ठप्प छ।
अहिले जिल्ला प्रशासन कार्यालय दैलेखले फसेका खच्चरहरूको उद्धारको तयारी थालेको जनाएको छ।




प्रकाशित :- २०८१ जेष्ठ २७, गते आईतवार