
काठमाण्डौ । गायिका एलिना चौहान आज बुधबार विवाह बन्धनमा बाँधिएकी छिन् । उनले बागलुङ निवासी प्रेमी विष्णु सापकोटासँग परम्परागत विधिबाट लगनगाँठो कसेकी हुन् ।

एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको छ । विवाह समारोहमा दुबै तर्फका साथीभाइ, आफन्त सहभागी भएका छ्न् ।
विष्णु एलिनालाई लिन बागलुङबाट जन्तीसहित मंगलबार नै झापा पुगेका थिए । एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । विष्णु केही समयदेखि अष्ट्रेलियामा बस्दै आएका छन् ।

प्रकाशित :- २०८१ बैशाख ५, गते बुधबार