वेस्ट इन्डिजका तीव्र गतिका बलर रामोन सिम्नोड्सले लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । लुम्बिनीले चौथो विदेशी खेलाडीका रुपमा रामोनलाई अनुबन्ध गरेको विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
२० वर्षका तीव्र गतिका बलर रामोनले आईसीसी युण्डर १९ को विश्वकप क्रिकेट २०२२ मा वेस्ट इन्डिजका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । रामोनले लुम्बिनीमा सामेल हुन पाउँदा आफू उत्साहित रहेको बताएका छन् ।
एनपीएल यही मङ्सिर १५ देखि पुस ६ गतेसम्म काठमाण्डौमा हुँदैछ । एनपीएलको प्रत्यक्ष प्रसारण भारतको चर्चित टीभी च्यानल स्टार स्पोर्टसले गर्ने शुक्रबार मात्रै सम्झौता भएको छ ।