
कैलालीकाे घोडाघोडी नगरपालिका-१०, मा दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टका अनुसार मृत भेटिनेमा २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया ईन्द्रा चौधरी आफ्नो घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् ।
दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिएपनि कारण पत्ता नलागेको प्रहरीले जनाएको छ । प्रारभ्मिक अनुसन्धानका क्रममा जेठो छोरी केही वर्षदेखि मुटु रोग र कान्छी छोरी डिप्रेशनको औषधि खाइरहेको बुझिएको एसपी बिष्टले बताए ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
