कैलालीको धनगढीमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर २ की ६२ बर्सिया भागा भट्टलाई बुधवार दिउँसो १२ बजे आफ्नै घरमा पानी मोटरबाट करेन्ट लागेपछि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उपचारको क्रममा दिउँसो साढे १ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
प्रकाशित :- २०८१ भाद्र १२, गते बुधबार