कैलालीको जानकीमा अवैध रुपमा भन्सार छली ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार साँझ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले जिल्लाको जानकी गाउँपालिका-४ झबै पुल स्थित सडकमा भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका विभिन्न सामान बेवारिसे अवस्थामा फेला पारेको थियो । विभिन्न किसिमका गरि ४ लाख १० हजार ६ सय मूल्य बराबरको सामान फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिएको उक्त सामान रीत पूर्वक भन्सार कार्यालय सत्तीमा बुझाउने पहल भई रहेको प्रहरीको भनाई छ ।


