सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ (आरटिआई) कैलालीको दोस्रो जिल्ला अधिवेशन बिहीबार धनगढीमा सम्पन्न भएको छ । चुनावी अधिवेशनमा पत्रकार दीपक उपाध्यायको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्य समिति समेत चयन भएको छ ।
महासङ्घको कैलाली उपाध्यक्षमा विजया राना र सरिता कठायत चयन हुँदा सचिवमा प्रिन्सीका सिंह र कोषाध्यक्षमा कमला तिमेल्सिना चयन भएका छन् । यस्तै सदस्यहरूमा लवदेव धामी, वीरेन्द्र सिंह, देवराज अवस्थी, विष्णु कुमारी बुढा, कामदेव ओझा, सुरेश भूल र निर्मला बिक चयन भएका छन् ।
“सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौँ” भन्ने नाराका साथ आयोजना भएको अधिवेशनमा महासङ्घका केन्द्रीय अध्यक्ष उमिद बागचन, केन्द्रीय सदस्य श्रवण देउवा, सुदूरपश्चिम प्रदेश अध्यक्ष पुष्पराज जोशी लगायत अभियन्ताहरूको सहभागिता रहेको थियो ।
प्रकाशित :- २०८० फाल्गुन २४, गते बिहीबार