दार्चुलाको नौगाडमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

नौगाड गाउँपालिका–१ साङपाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको जनाएको छ । साङपाङस्थित बरभगे भिरबाट लडेर स्थानीय करिब ४५ वर्षीय उदयसिंह ठगुन्नाको मृत्यु भएको हो ।
स्थानीय प्रेम बडालका अनुसार बुधबार बिहान ९ बजेतिर ठगुन्नाको बाँदर धपाउने क्रममा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । ठगुन्ना भिरबाट करिब ३ सय मिटर तल खसेका थिए ।



प्रकाशित :- २०८१ भाद्र १९, गते बुधबार