
लम्की । कैलालीको लम्कीचुहामा शुक्रबार भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ । भने, दुई जना घाईते भएका छन् ।

शुक्रवार राती लम्कीचुहा नगरपालिका-२, मोतीपुर चोकस्थित राजमार्गमा टीएस ०८ जीबी ६५३७ भारतीय नम्बरको कारले ठक्कर दिँदा साइकल यात्री सोही पालिकाको १ का ६० वर्षीया कुलचन्द्र जोशीको मृत्यु भएको प्रहरीले जनाएको हो । कारको ठक्करबाट गम्भिर घाइते भएका जोशीको लालरत्न अस्पताल लम्की हुँदै टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।
उक्त कार चालकले सोही ठाउँमा अन्य दुई जनालाई पनि ठक्कर दिएर घाइते बनाएर भागेका थिए । घाइते हुनेहरूमा ५० वर्षीय ठग्गु चौधरी र ५५ वर्षीय मनिराम चौधरी रहेका छन । मनिरामको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुवै घाइतेहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ ।
कार चालक लम्कीचुहा नगरपालिका वडा नं १० बस्ने ४२ वर्षीय भुवन जोशी रहेका र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
