नेपाल तरुण दलले कैलालीको मोहन्याल गाउँपालिका ७ मा पर्ने आम पानी पर्यटकीय क्षेत्रको सरसफाइ गरेको छ । पछिल्लो समय आन्तरिक पर्यटकहरूका लागि प्रसिद्ध बनेको आम पानीमा अत्यधिक फोहर हुन थाले पछि तरुणहरूले शनिवार सरसफाइ गरेका हुन ।
“प्राकृतिक श्रोत साधनको संरक्षण, पर्या पर्यटन प्रवर्द्धनमा हाम्रो दायित्व” भन्ने नाराका साथ आयोजित कार्यक्रममा नेपाली काँग्रेसको भातृ सङ्गठन तरुल दल सँगै काँग्रेसका अन्य सङ्गठन तथा नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
यो क्षेत्रको प्रचार, प्रवर्द्धन सँगै सौन्दर्य कायम राख्नका लागि युवाहरू जम्मा भएर सरसफाइ तथा भेटघाट कार्यक्रमको आयोजना गरिएको नेपाल तरुण दल लम्कीचुहाले जनाएको छ ।
प्रकाशित :- २०८० पुष २१, गते शनिबार