
कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडमा अवस्थित न्यु स्टार बोर्डिङ स्कुलले जन्माष्टमी व्रतको अवसरमा ‘श्री कृष्ण रथ यात्रा कार्यक्रम’ गरेको छ । भाद्र १० गते परेको श्रीकृष्ण जन्माष्टमी व्रतको अवसर पारी स्कुलले उक्त कार्यक्रम गरेको हो । भजन कृतन टोलीको उपस्थितिमा स्कुलले रथ यात्रा गरेको छ ।


स्कुलको प्राङ्गण देखि सुरु भएको रथ यात्रा घोडाघोडी मन्दिरमा पुगेर सम्पन्न भएको थियो । स्कुलदेखि घोडाघोडीसम्म भजन कृतन टोलीको भजनसँगै रथ यात्रा गरेको थियो । पढाईसँगसँगै विद्यार्थीलाई संस्कार पनि सिकाउन अपरिहार्य रहेकाले उक्त कार्यक्रम गरेको जनाएको छ । पछिल्लो समय विद्यार्थीहरु प्रमाण र जागिरको लागि मात्रै पढ्ने प्रवृत्तिले गर्दा विद्यार्थीहरुमा संस्कारको खडेरी नै परि रहेकाले न्यु स्टार बोर्डिङ स्कुले पढाईसँगै असल संस्कारलाई पनि सिकाउँदै आएकोले विद्यार्थीलाई आफ्नो संस्कारको बारेमा जानकार गराउन रथ यात्रा कार्यक्रमको आयोजना गरेको स्कुलका सञ्चालक परशुराम भण्डारीले बताए ।
पदाई सँगसँगै विद्यार्थीमा संस्कारको विकास गर्न सकेमात्रै विद्यार्थीले असल शिक्षा पाउने सञ्चालक भण्डारीको दावी छ । ‘जव विद्यार्थीको हातमा प्रमाण पत्र हुन्छ तव असर संस्कार नै सिकेको छैन् भने त्यसलाई सफल भएको कसरी मान्ने ? त्यसका लागि संस्कार विद्यार्थीहरुमा अपरिहार्य छ । पढाईसँगै संस्कार विद्यार्थीलाई सिकाउन सक्यो भने उनीहरु जीवनमा असफल बन्न सक्दैनन् । त्यसकारण हामीले पढाईसँगै संस्कार पनि सिकाई रहेका छौं । सोही अन्तर्गत आज यो रथ यात्रा कार्यक्रमकाे आयोजना गरेका हौं,’ भण्डारीले भने ।

सो त विभिन्न कुरा सिकाउँदै आएको न्यु स्टारले विद्यार्थीलाई जीवन उपयोगी शिक्षा पनि दिँदै आएको छ ।विद्यार्थीलाई किताबी ज्ञानसँगै जिवन उपयोगी शिक्षामा अब्बल बनाउन अतिरिक्त क्रियाकलापहरु मार्फत प्रेरित गर्दै आएको स्कुलले विद्यार्थीहरुलाई संस्कार सिकाउने कुरालाई समेत आत्मसाथ गरेको छ । ‘असर संस्कार र गुणस्तरिय शिक्षाको संगम’ भन्दै मूल नारा बनाएको न्यु स्टारले हरेक क्षेत्रलाई समेट्ने प्रयत्न गरि रहेको छ । श्रीकृष्ण जन्माष्टमी व्रतको अवसरमा आज रथ यात्रा गर्दा विद्यार्थीहरुले त्यसको महत्वका बारेमा केही मात्रामा भए पनि जान्ने अवसर पाउनेमा विद्यालय आशावादी रहेको छ । यसरी हरेक धर्म संस्कृतिका बारेमा स्कुलमा सिकाउँदा त्यसको प्रत्यक्ष सकारात्मक सन्देश समाजमा पर्ने विद्यालय परिवारको दावी छ ।



