
बैतडी : बैतडीमा अवैध काठको गोलिया र ट्रकसहित एकजना प्रहरीको फन्दामा परेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ घर भएका ४० वर्षका लक्ष्मण चन्द अवैध सालको काठसहित पक्राउ परेका हुन् ।

जिल्लाकै मेलौली नगरपालिका–७ को हरिपुर बजारबाट चन्दसहित उनले चलाएको सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १२१८ नम्बर ट्रकसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिएका छन् ।
ट्रकमा ५ थान गोलिया ओसारीरहेको बुझिएको छ । अवैध काठ ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा चन्दलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जोशीले बताए । ट्रक र ५ थान सल्लाको गोलियासहित नियन्त्रणमा लिइएका चन्दलाई आवश्यक कार्वाहीका लागि सव डिभिजन वन कार्यालयमा बुझाइएको छ ।
