
धनगढीः कैलालीकाे गौरीगङ्गामा गहुँबालीमा लागेको आगो निभाउँन खोज्दा जलेर घाइते भएका छन्।

गौरीगंगा नगरपालिका-३ भोजपुरका ६२ वर्षीय विरबहादुर शाहु जलेर घाइते भएका छन्। गहुँकाटेको आफ्नो बारीको नलमा आगो लगाउँदा हावाले अर्काको गहुबालीमा आगो सल्केपछि निभाउँन खोज्दा शाहु जलेर घाइते भएका हुन्।
उनका दुबै हात, खुट्टा र शरीर जलेको छ। घाइते शाहुको स्थानीय चौमाला मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

प्रकाशित :- २०८१ बैशाख ७, गते शुक्रबार