दार्चुलामा झन्डै ९ किलो लागू औषध चरेससहित दुई जना पक्राउ परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–९ नालबाट एक महिला र पुरुष चरेससहित पक्राउ परेका हुन् । मङ्गलवार बिहान साढे आठ बजेतिर विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक मानसिंह ऐरीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट झन्डै ९ किलोग्राम चरेस बरामद गरी उनहिरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाकी ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षिय जयबहादुर धानुक रहेका छन् । भावनाले बोकेको कालो झोलाबाट ६ किलो ग्राम र जय बहादुरले बोकेको झोलाबाट २ किलो ८ सय ५० ग्राम लागू औषध चरेससहित बरामद गरिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक मानसिंह ऐरीले जानकारी दिए ।