
कैलालीको बर्दगोरिया गाउँपालिकामा पर्ने भक्ति निया धाममा राधाकृष्ण मन्दिर निर्माण कार्य सम्पन्न भएको छ । धर्म संरक्षण तथा प्रवर्द्धनका लागि सङ्घीय तथा स्थानीय सरकारको लागत साझेदारीमा पालिकाको वडा नम्बर-६ सुगरखालमा निर्माण भएको मन्दिर आगामी मङ्गलवार उद्घाटन हुने भएको हो ।
मन्दिरका लागि शनिवार कलश यात्रा गर्ने, आइतबार प्राण प्रतिस्थान गर्ने, सोमबार मूर्ति स्थापना तथा पूजापाठ र मङ्गलवार मन्दिर उद्घाटन गर्ने कार्यक्रम रहेको वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले जानकारी दिए ।
मन्दिर निर्माणका लागि आर्थिक वर्ष २०७८/०७९ मा सङ्घीय सरकारले ६ लाख ७६ हजार र स्थानीय सरकाले आर्थिक वर्ष २०७९/०८० मा ५ लाख विनियोजन गरेको थियो ।


प्रकाशित :- २०८० फाल्गुन २४, गते बिहीबार