
बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना १ बजेबाट सुरु हुने भएको छ ।
अहिले बसेको सर्वदलीय बैठकले १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
मतगणना छविसपाथिभेरा गाउँपालिकाबाट सुरु गर्ने समेत निर्णय भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकले थप आवश्यक आचारसंहिता समेत बनाएको छ ।
यो निर्वाचन क्षेत्रका प्रदेस सभा सदस्य पृथ्वी बहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि वैसाख १५ गते उप निर्वाचन भएको हो।
प्रकाशित :- २०८१ बैशाख १६, गते आईतवार