
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ सिमचौरले अपाङ्गता भएका आफ्ना नागरिकहरूका लागि न्यानो कपडा वितरण गरेको छ । वडाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार वडा भित्रका ग र घ वर्गका ३० जनालाई न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष खेम घर्तिमगरले जानकारी दिए ।
यो कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने वडा अध्यक्ष घर्तीको भनाइ छ । न्यानो कपडा सँगै वडाका अपाङ्गता भएका नागरिकहरूलाई सहज जीवनयापनका लागि समेत सहयोग गर्ने जनाइएको छ । सरकारको सहयोग पाएपछि स्थानीय खुसी भएका छन् ।







प्रकाशित :- २०८० फाल्गुन १, गते मंगलवार