
कैलालीको घोडाघोडी नगरपालिका-१, मा यही चैत १० गते देखि “दोस्रो वडा अध्यक्ष कप-२०८०” फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

उक्त प्रतियोगिता सञ्चालक समितिले बुधबार पत्रकार सम्मलेन गर्दै फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिएको हो । वडा अध्यक्ष कप सञ्चालनका लागि १ नं वडाले आर्थिक सहयोग गरेको छ । भने, उक्त प्रतियोगितालाई सफल पार्न घोडाघोडी क्लबले दुई थान बल उपलब्ध गराएको छ ।
चैत १० देखि सञ्चालन हुने वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा १२ टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
उक्त प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रकम प्राप्त गर्नेछ भने उपविजेता टोलीले १५ हजार प्राप्त गर्ने छ । साथै विभिन्न विधामा पनि पुरस्कार दिने आयोजक समितिले जनाएको हो ।
लालीगुराँस युवा क्लबको खेल मैदान बेलारमा खेलहरु सञ्चालन हुने भएका छन् ।
