कैलालीको भजनी नगरपालिकाका हाकिम लक्ष्मण कठायतले नगर प्रमुख केवल चौधरीको फोन उठाउन छोडेका छन् । गत माघ २९ गते कार्यालयमा झुल्किएका उनी त्यस यता भने हाल सम्म पनि देखिएका छैनन् ।
नगर सरकारले बारम्बार सम्पर्क गर्दा उनको फोन पनि नउठने र कुनै प्रतिक्रिया पनि नदिने गरेको नगर प्रमुख केवल चौधरीले बताए । “हाकिमसाब काठमाडौं छन भन्ने सुनेको छु । म काठमाडौ गएर उनलाई भेट्न बोलाउदा पनि भेट्न चाहेनन् । नत फोन उठाउछ्न नत कार्यालयमा आउछन् । उनि नहुँदा जनताका काम रोकिएका छन् ।” मेयर चौधरीले निर्भीक पोस्ट संग भने ।
उनी कार्यालय आउन छोडेपछि हाल उनको कार्यकक्षमा ताला लाग्ने गरेको छ । विहिबार दिउँसो हामी नगरपालिका पग्दा समेत उनको कार्यकक्षमा ताला लागेको थियो।
“सरले कार्यालय आउनै छोड्नु भयो । एक महिना भइहाल्यो नि । अनि के खोल्नु त !” एक कर्मचारीले भने । हाकिम कठायत किन कार्यालय आउन छोडे भन्ने कारण भने कसैलाई थाहा छैन । आफू संग हाकिमको सम्बन्ध निकै राम्रो रहेको मेयर चौधरी बताउँछन् । यस विषयमा हामिले प्रतिक्रिया लिन खोज्दा हाकिम कठायतले फोन उठाएनन भने म्यासेजको पनि कुनै प्रतिक्रिया दिएका छैनन् ।