
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्ड बैठक सकिए लगतै नतिजा सार्वजनिक गरेको बोर्डले जनाएको छ ।


गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ १ लाख ९६ हजार नौ सय १४ छात्रा र १ लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थीहरु सहभागी थिए ।
त्यस्तै ग्रेड वृद्धितर्फ १ लाख ६ सय ५० विद्यार्थी सहभागी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए ।




