
सुखड : कैलालीमा भन्सार छलेर ल्याएको झण्डै ११ लाख बराबरको सामान प्रहरीले बरामद गरेको छ ।


जिल्लाको गोदावरी नगरपालिका-४ स्थिति गोदावरीमा भन्सार छली गरेर ल्याएको ४ लाख ६४ हजार ५ सय रुपैयाँ बराबरका लेडिज कुर्ता, मोटर पार्टस, हार्डवेयर लगायतका सामाग्री शुक्रबार राति प्रहरीले फेला पारी बराबर गरेको थियो ।
यस्तै जिल्लाकै गौरीगंगा नगरपालिका-३ कुचैनीबाट आज ५ लाख ८७ हजार ५ सय बराबरको कपडाजन्य सामानहरु बरामद गरेको छ भने आज नै गोदावरी-१ महेन्द्रनगर रोडबाट ८ हजार ४ सय बराबरको १ सय ४० के.जी. चिनी फेला पारी नियन्त्रमा लिएको छ ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती तथा इलाका प्रहरी कार्यालय चौमाला समेतबाट खटिएको प्रहरी टोलीले सबै गरेर १० लाख ६० हजार ४ सय बराबरको सामाग्रीहरु वेवारिसे अवस्थामा फेला पारी नियन्त्रमा लिएको जनाएको छ ।

नियन्त्रमा लिएको उक्त सामग्री आवश्यक अनुसन्धानको लागि कैलाली भन्सार कार्यालयमा बुझाएको पनि प्रहरीले जानकारी दिएको छ ।


