आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि नेकपा एमालेले आइतबार उम्मेदवारहरूको टुङ्गो लगाएको छ । राष्ट्रिय सभामा सुदूरपश्चिमबाट तीन जनाको प्रतिनिधित्व हुनेछ । जसका लागि दलहरू कसरतमा लागेका छन् ।
एमालेले महिलाबाट कैलालीकी सावित्री घिमिरे, अपाङ्ग तथा अल्पसङ्ख्यकबाट कैलालीकै रामचन्द्र जोशी र अन्यबाट कञ्चनपुरका ईश्वरी प्रसाद खरेललाई उम्मेदवार बनाउने सहमति भएको नेकपा एमालेका प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले जानकारी दिए ।
उम्मेदवार बनेका घिमिरे अखिल नेपाल महिला सङ्घ कैलालीकी पूर्व अध्यक्ष हुन् । जोशी एमालेको भातृ सङ्गठन अपाङ्ग सङ्घका केन्द्रीय सदस्य हुन् भने खरेल केन्द्रीय लेखा आयोग सदस्य हुन् ।
सुदूरपश्चिमबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरेका नेकपा एमालेकी इन्दु कडरिया, नेकपा माओवादी केन्द्रका हरिराम चौधरी (उत्सव) र महेश महराको पदावधि सकिन लागेकाे छ ।
प्रकाशित :- २०८० पुष २२, गते आईतवार