कैलालीको धनगढीमा घरायसी विवादका क्रममा भाइले आफ्नै सहोदर दाजुको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका-१७ दिपनगर टोल बस्ने लालबहादुर बोहराको गएराति हत्या गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले घरायसी विवादमा बोहरामाथि उनकै सहोदर भाइ प्रकाश बोहराले कुटपिट गरेको बताएका छन् । सो क्रममा उनको घाँटीमा कैँची प्रहार गरिएको थियो । कैँची प्रहारबाट गम्भीर घाइते भएका बोहरालाई राति नै धनगढीको निसर्ग अस्पताल लगिएको थियो ।
तर, उनको उपचारका क्रममा मृत्युु भएको प्रहरी निरीक्षक खड्काले बताए । बोहराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
उनका भाइ प्रकाशलाई भने जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ ।



