
कैलालीको घोडाघोडी नगरपालिका–१० मा सञ्चालित रूपान्तरण जीवन उपयोगी सीप तथा सुरक्षात्मक आत्मा रक्षा साप्ताहिक कक्षा समापन भएको छ । किशोर किशोरीको जीवनमा आउने विभिन्न परिवर्तन र सही समयमा निर्णय तथा सिपको प्रयोग गर्ने साप्ताहिक कक्षा समापन भएको हो । किशोरावस्थामा हुने शारीरिक मानसिक तथा संवेगात्मक भावहरूको समग्र सकारात्मक विकास गर्ने उद्देश्यले कक्षा सुरु गरिएको थियो । साप्ताहिक कक्षा सञ्चालन माघ महिना देखी सञ्चालन भएको थियो । ग्रामीण क्षेत्रमा विगत केही वर्ष यता दिनानुदिन बढ्दै गई रहेका महिला हिंसाका घटनाहरू न्यूनीकरणका लागि किशोरीहरूमा आत्म रक्षा सीप प्रदान गरी ,समाजमा बढिरहेका बाल विवाह ,छाउपडी प्रथा जस्ता सामाजिक कुरीतिको सामाजिक सोचमा परिवर्तन गर्न किशोर किशोरीको सहभागितामा कक्षा सञ्चालन गरिएको छ ।

सामाजिक कुसंस्कार परिवर्तनको सुनिश्चित किशोरावस्थामा हुने र सकारात्मक विद्रोहलाई घरपरिवार र समाजमा विद्यमान अव्यवहारिक क्रियाकलाप रोक्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन भएको थियो । रूपान्तरण कक्षा ३० वटा शनिवार सम्म निरन्तर रूपमा कक्षा सञ्चालन भएको थियो । प्रत्येक कक्षामा २५ जना किशोरी किशोरको सहभागिता रहेको थियो भने कक्षाको सञ्चालन साथी शिक्षकहरूले गरेका थिए । वर्ड भिजन ईन्टरनेशनल नेपाल र बाल कल्याण सङ्ग टिकापुरको साझेदारीमा सञ्चालित एकीकृत संरक्षण तथा सामुदायिक सहभागिता परियोजना अन्तरगत रूपान्तरण कक्षा सञ्चालन भएको थियो ।
