
कञ्चनपुरमा लागु औषधसहित एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुर बस्ने १९ वर्षीय सुशिल सिंह राना रहेको प्रहरीले जनाएको छ । उनलाई मङ्गलवार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी बजारबाट ० दशमलव ०९ ग्राम लागु औषध सहित पक्राउ गरेको हो ।


प्रकाशित :- २०८० आश्विन ९, गते मंगलवार